fbpx

कुमारी बैंकको नयाँ समाज नेपाललाई सहयोग


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वानेश्वरस्थित “नयाँ समाज नेपाल” नामक एक परोपकारी संस्थालाई वित्तिय सहयोग प्रदान गरेको छ ।

उक्त संस्था न्यून आयश्रोत तथा एकल अभिभावक परिवारका बालबालिकाहरुको आधारभूत आवश्यकता परिपूर्तिका लागि कार्यरत छ । उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकाहरुलाई बैंकले लत्ताकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

कुमारी बैंक कर्मचारी युनियनको पहलमा भएको सो सहयोग कार्यक्रममा बैंकका तर्फबाट चिफ् डिपोजिट मार्र्केटिङ राजेश श्रेष्ठ र युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य, शिक्षा, सम्पदा र वातावरण लगायत समाजका विविध क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी योगदान पु¥याउने प्रतिबद्धता कर्पोरेट संचार तथा सीएसआर प्रमुख सीपा रेग्मीले जनाईन ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८७ शाखा सञ्जाल, ८३ एटिम र २ एक्सटेन काउन्टरबाट आधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार