SEE परीक्षा दिने विद्यार्थीलाई माक्स वितरण



नेपालबहस संवाददाता
 




स्याङ्जा । वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्ग विस्तार गरिरहेको वेला विद्यार्थीको एस ई ई परीक्षा सुरू भए लगत्तै विद्यार्थीलाई धुलोको कारणले विरामी हुन गई परीक्षा प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै वालिङ जेसीजले परीक्षा केन्द्रमा पुगी माक्स वितरण गरेको छ ।

मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्र लिएको जेसीजले यूवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा अहोरात्र कार्य गरिरहेको छ । विद्यार्थीहरूको स्वास्थ्य संवेदनशिलतालाई मध्य नजर गर्दै वालिङ जेसीजले सोमवार १५ सय विद्यार्थी र शिक्षक र सुरक्षाकर्मीलाई माक्स वितरण गरेको हो ।

वालिङ जेसीजका अध्यक्ष राजु तिवारीको संयोजकत्वमा माक्स वितरण गरिएको हो । माक्स वालिङ नगरपालिकाले उपलव्ध गराएको थियो ।


सम्बन्धित समाचार