fbpx

धुलो नियन्त्रण गर्न पाँचवटा रुटमा ब्रुमर सञ्चालन !



नेपालबहस संवाददाता
 




काठमाडौं । काठमाडौं महानगरपालिकाले धुलो नियन्त्रण गर्न पाँचवटा रुटमा ब्रुमर सञ्चालन गर्ने भएको छ । पाँचवटा ब्रुमर फरक फरक रुटमा सडक सफा गर्न यान्त्रिक कुच्चोले महानगरपालिकाले सफा गर्ने जनाएको छ ।

महानगरपालिकाले एक एक सुचना मार्फत टेकुबाट छुट्ने पाँचवटा ब्रुमर फरक फरक रुटमा सडक बढार्दै अघि बढ्ने जनाएको छ । पहिलो रुट टेकुबाट सुरु भई सोल्टीमोड हुँदै कल‌ंकी फेरि सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्धशालिक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मको मूल सडकसम्म पुग्नेछ ।
त्यसपछि फर्केर जमल, विश्वज्योति, घण्टाघर, भद्रकाली

शहीदगेट हुँदै सुन्धारासम्मको सडक बढार्नेछ । दोस्रो रुट टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, वानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म ब्रुमर पुग्नेछ ।

त्यसपछि त्यहाँबाट फर्केर तीनकुनेबाट कोटेश्वर पेप्सीकोलासम्मको सडक बढार्नेछ । पेप्सीकोलाबाट कोटेश्वर नयाँ वानेश्वर, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै बल्खुसम्म पुगेर फर्किनेछ ।

 ब्रुमर चल्ने रुट हेर्नुहोस्: