fbpx

पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रि-मनसुन’को प्रभाव



नेपालबहस संवाददाता
 




काठमाडौं । स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रि-मनसुन’ को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघगर्जनसहित मध्यम र हल्का वर्षा भएको छ ।

सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित भएको मौसमी प्रणालीले मंगलबार दिनभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधाङ्गले बताए ।

‘सामान्यतया प्रि-मनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर क्षणिक वर्षा हुने गर्छ, तर मंगलबार भने दुईवटा मौसमी प्रणालीले गर्दा बिहानैदेखि मेघगर्जनसहित वर्षा भयो’ उनले भने ।

मंगलबार सक्रिय बनेको प्रि-मनसुन बुधबार बिहानैदेखि कमजोर हुने र मुलुकको पूर्वी भेगबाहेक अन्यत्रको मौसम सफा हुने उनले बताए । तर अपरान्ह्पछि मुलुकका केही भू–भागमा क्षणिक वर्षाको गतिविधि भने दोहोरिने बताउँदै प्रधाङ्गले भने, ‘अहिले प्रि-मनसुनको समय भएकोले यस्तो गतिविधि दोहोरिनु स्वभाविक हो ।’


सम्बन्धित समाचार