fbpx

चौतारीका पूर्वअध्यक्ष अर्याललाई पितृशोक



नेपालबहस संवाददाता
 



चम्पबहादुर अर्याल

काठमाडौं । प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याललाई पितृशोक परेको छ ।

अर्यालका ७३ वर्षीय पिता चम्पबहादुर अर्यालको आज बिहान काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मालिका गाउँपालिका गुल्मी स्थायी घर भएका अर्याल फोक्सोको क्यान्सरबाट पीडित थिए । उनलाई उपचारका लागि भारतका विभिन्न अस्पतालमा पनि लगिएको थियो ।

पूर्वअध्यक्ष अर्याल जेठा छोरा हुन् । स्व.अर्यालका दुई श्रीमती चार छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाल बहस डटकम यस दुःखद घडीमा दिवङत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै सहकर्मी राजेन्द्र एवं सम्पुर्ण अर्याल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।


सम्बन्धित समाचार