देशका पूर्व र पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना !



नेपालबहस संवाददाता
 




काठमाडौं । उपत्यका सहित देशका पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । शुक्रबार दिउँसो देशका केहि स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिनभर देशका अधिकासं स्थानको मौसम बदली हुने संभावना रहेको छ । बिहिबारदेखि नै मौसम बदली भएकाले विगत दुई दिनको तुलनामा उपत्यकाको तापक्रम बढेको छ ।

उपत्यकाको न्युनतम तापक्रम शुक्रबार १४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार