बारापर्सामा भीषण हावाहुरी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ६ सय भन्दा बढी घाइते !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारा । आइतबार साँझ एक्कासी आएको  हावाहुरी र असिनापानीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् ।  इँटाभट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको छ।

बाराको कलैया लगायत दक्षिण भेगमा हावाहुरीले धेरै असर पुर्याएकाे  बताइएको छ । अचानक आएको हावाहुरीका कारण बारापर्सा र आसपासका जिल्ला धेरै प्रभावित भएको छ । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार अहिले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी उद्धार गर्न आकस्मिक बैठक बसिरहेको छ ।

यता उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय तथा सर्वसाधारण र राजनीतिक कार्यकर्ताहरु घाइतेहरुलाई रगतको अभाव नहोस भनेर रगत संकलनमा जुटेका छन्।

यो पनि :

बारामा हावाहुरीको कहर : २५ जनाको मृत्यु, ४०० बढी घाइते !


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार