हावाहुरीबाट प्रभावितलाई उद्योग वाणिज्य महासंघकाे ५० लाख राहत



नेपालबहस संवाददाता
 



FNCCI

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई राहत वितरण गर्ने भएको छ । महासंघको प्रदेश नम्बर २ र जिल्ला उद्योग वाणिज्य महासंघले राहत वितरणको नेतृत्व गर्नेछन् । संघले तत्कालै राहतका काम अगाडी बढाउनका लागि ५० लाख रुपैयाँको कोष बनाउने निर्णय गरेको छ।

महासंघको आज बसेको आकस्मिक बैठकले ५० लाख रुपैयाँको कोष बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो। महासंघकी अध्यक्ष भवानी राणाले ५० लाख रुपैयाँको कोष बनाएको बताउँदै पीडितका लागि टेन्ट र अन्य मानवीय सहायता उपलब्ध गराउने जानकारी दिएकी छिन् ।

बारा र पर्सामा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ। यसले हामी निजी क्षेत्रलाई मर्माहत बनाएको छ। हामीले तत्कालै राहत लागि पचास लाख रुपैयाँ छुट्याएका छौं’ उनले भनिन्, ‘हामीले टेन्ट समेत किनेर प्रभावित क्षेत्रमा वितरण गर्नेछौं।’


सम्बन्धित समाचार