धुर्मुसले ४ सय परिवारलाई चामल, त्रिपाल, चाउचाउ बाडे



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले हावाहुरी प्रभावित परिवारलाई सोमवार राहत सामग्री वितरण गरेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेसनले बाराको अति प्रभावित फेटा गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसाद शाहको रोहवरमा ४ सय परिवारलाई चामल, त्रिपाल, चाउचाउ हस्तान्तरण गरिएको धुर्मुसले जानकारी दिए ।

चितवनमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेका सिताराम हावाहुरीले ठूलो क्षति पुर्याएको जानकारी पाउनासाथ राहत सामग्री लिएर बारा पुगेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार