यसो भन्छ, अबको तीन दिनबारे मौसम पूर्वानुमान महाशाखा



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मौसम विभागले मंगलबार दिउँसो देशको पुर्वीलगायत मध्यपहाडी तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

अपरान्ह पश्चात देशको पुर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्यपहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिएको महाशाखाले जनाएको छ ।

मंगलबार राती देशको पुर्वी भूभाग लगायात मध्यपहाडी भुभागमा आंशिक बदली रहनेछ बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको संभावना देखिन्छ।

बुधबार

मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशको पुर्वी भुभाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

अपरान्ह पश्चात देशको पुर्वी पहाडी भूभागका थोरै स्थानमा, मध्यपहाडी तथा पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनका साथ हावाहुरीसहित क्षणिक वर्षाको संभावना देखिन्छ। बुधबार राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।

बिहीबार
मौसम पूर्वानुमान महाशाखाले बिहीबार चैत २१ गते दिउँसो देशको पुर्वी भुभागलगायत मध्यपहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाएको छ ।

अपरान्ह पश्चात देशको पुर्वी पहाडी भूभागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु-भागका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको संभावना देखिन्छ।

बिहीबार राती देशका पहाडी भूभागहरुमा आंशिक बदली रहने छ भने बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार