हावाहुरी घाइतेलाई रगत अभाव हुन नदिन ७४ जनाद्वारा रक्तदान



नेपालबहस संवाददाता
 




काठमाडौं । बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएकाको उपचारमा रगतको कमी नहोस् भन्ने हेतुले नयाँबानेश्वरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सूर्यखबर डट कम अनलाइनको आयोजनामा भएको कार्यक्रममा ७४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक बाबुराम आचार्यले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

आइतबार हावाहुरीका कारण ती जिल्लामा दुई दर्जनभन्दा बढीको निधन भएको थियो भने सयौँको सङ्ख्यामा घाइते भएका छन् । घाइतेको स्थानीय र काठमाडाँैका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार