पाठशाला बनाउन स्याङ्जामा ‘जल्सा’



नेपालबहस संवाददाता
 



muslim-house

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रकाश डोटेल

स्याङ्जा । मुस्लिम समुदायका गरिब तथा विपन्न परिवारका बालबालिकालाई व्यवस्थित छात्राबास र मदर्शा (पाठशाला) बनाउन जिल्ला सदरमुकामा पहिलो पटक जल्सा (महायज्ञ) आयोजनागरिने भएको छ । स्थानीय स्याङ्जा मुस्लिम समाजको आयोजनामा जल्सा गरिन लागेको हो ।

चैत्र २३ गते एक दिन संचालनहुने जल्साबाट ५० लाखभन्दा बढि आम्दानी र २० लाखभन्दामाथि खर्च हुने समजाले अनुमान गरेको छ । समाजका अनुसार बचत रकमबाट विपन्न परिवारका बालबालिकालाई निःशुल्क छात्राबास र उनीहरुलाई पठनपाठन गराउनका लागि भौतिक संरचना निर्माण गरिनेछ ।

जल्सामा स्वदेश र विदेशका मुस्लिम समुदायका कारी, आलीम, हाफिज, मौलाना (शिक्षक) को सहभागिता रहेनछ । बेलायतबाट आउने शेयद नुरानीहास्मी मियाँ, भारतबाट आउने अब्बुल हक्कानीसहित ४ जना र नेपालका हजरत जयस मोहम्मद सिद्धिकी (शेरे नेपाल) ले जल्सामा कुरान (ग्रन्थ) वाचन गर्ने संघका अध्यक्ष शेर अलिमियाँले जानकारी दिए ।

जल्सा जिल्ला सदरमुकास्थित बाडखोलामा गरिनेछ । जल्सामा देशभरबाट करिब १० हजार मुस्लिम अगुवाहरुको भेलाहुनेछ । २३ गते दिन र रातगरि २४ घण्टा जल्सा संचालनहुने समाजले जनाएको छ । जल्सालाई भब्यबनाउन स्थानीय मुस्लिम समुदायका सदस्यले तयारीलाई तिव्रतादिएका छन् ।

“मुस्लिम समुदायका बालबालिका सरकारी विद्यलायमा जाने भएपनि आफ्नो संस्कृति जर्गेना गर्न जल्सा आयोजना गरिएको हो ।” समाजका सचिव सामोहम्मद मियाँले भने, “जल्साबाट बचत रकमबाट कारी, आलीम, हाफिज र मौलानाहरुको उत्पादन गरिनेछ । ”बिहान र बुलेकी संचालनहुने पाठशालाबाट उनीहरुलाई तयार गरिने उनले बताए ।

समाजले १ सय ५० क्षमताको आधुनिक छात्राबास बनाउने योजना अगाडी सारेको छ । छात्राबास निर्माणका लागिझण्डै ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । समाजका अनुसार संकलित रकमबाट पाठशालाका अतिरिक्त कब्रस्तान (समाधी स्थल) को व्यवस्थापन गरिनेछ ।

विश्वका विभिन्न देशमा सिया र सुन्नीदुई समूहका मुस्लिम रहेपनि स्याङ्जामा सुन्नीमुस्लिम समुदायको बसोबास छ । गरिबी र अशिक्षाबाट ग्रसित समुदायले पछिल्लो समय समाजका हरेक क्षेत्रमा आफूलाई अब्बल बनाउदै लगेको स्थानीय हाजि सम्सुद्धिन मियाँले बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार