न्यूरो हस्पिटलद्वारा राहत बितरण तथा स्वास्थ्य शिविर संचालन



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगंज । हावाहुरिबाट प्रभावित बारा जिल्लाको भरवलिया र पुरैनियामा एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल बीरगंजद्वारा राहत बितरण गरेको छ। साथै पुरैनियामा स्वास्थ्य शिविर समेत संचालन गरेको छ।

एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल बीरगंजका संचालक एवं वरिष्ठ न्यूरो सर्जन डा.श्यामबाबू प्रसादको नेतृत्वमा राहत बितरण एवं स्वास्थ्य शिबिर संचालन गर्ने गएको टोलीमा डा.संजय आलम,डा.बिकाश गुप्ता,डा.बलिराम साह,हेल्थ असिस्टेंट आसुतोष तिवारी,अहेब राधे यादव,आलोक सिन्हाले सहयोग पुरयाएका थिए भने समाजसेवी रामअशीष पटेल र युवानेता बिष्णु पटेल लगायत स्थानीयले समेत हाथेमालो गरी सहयोग गरेका थिए।

शिविरमा २५० भन्दा वडीलाई चेकजाच गर्नुको साथै औषधी समेत बितरण गरिएको थियो। राहत स्वरूप भरवलिया र पुरैनियामा चाउचाउ ४५० पीस,पानी २४० पीस,सेनेटिपैड ६० पीस,झूल ५० पीस बितरण गर्नुको साथै पुरैनियामा निःशुल्क स्वास्थ्य शिविर समेत गरेको अस्पतालका प्रशासन प्रमुख सुनील पटेलले बताए। पटेलका अनुसार बितरण गर्ने बाकी रहेको औषधी स्थानीय शिबिर संचालकलाई दिएको बताए।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार