उद्योगी एवं व्यवसायी दिवाकर गोल्छाको निधन



नेपालबहस संवाददाता
 



diwakar_golchha

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । उद्योगी एवंम् व्यवसायी दिवाकर गोल्छाको गएराती निधन भएको छ । ६७ वर्षीया गोल्छाको मृगौला ट्रान्सप्लान्ट गरेको दुई सातामा नै निधन भएको हाे । उनका दुई छोरा र श्रीमती छिन् । उनको भारतको चेन्नईमा निधन भएको पारिवारिक स्रोतले जानकारी दएको छ । उनको पार्थिव शव बिहिबारसम्म काठमाडौं ल्याएर पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ।

उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाले नेपालको औद्योगिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

गोल्छाको अगुवाइमा २४ वटा उद्योग स्थापना भएका थिए । हुलास स्टिल (सिमरा), नेपाल बोर्डस (सिमरा), अग्रणी अल्मुनियम (विराटनगर), भृकुटी कागज कारखाना (नवलपरासी), श्रीराम सुगर मिल (रौतहट), इस्टर्न सुगर मिल (सुनसरी) लगायतका उद्योग उनकै प्रयास र अग्रसरतामा स्थापना भएका हुन् । यसमा नेपाल बोर्डस, अग्रणी अल्मुनियम र भृकुटी कागज बन्द छन् । सबै उद्योग दिवाकरकै पहलमा संचालन र व्यवस्थापन हुँदै आएका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार