सभापति देउवाद्वारा पूर्वसांसद गोल्छाको निधनप्रति दुःख व्यक्त



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गरेका छन् । साथै सभापति देउवाले स्व गोल्छाको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति गोल्छाको मङ्गलबार राति भारतको चेन्नइमा उपचारका क्रममा निधन भएको हो । उनी मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए।

स्व गोल्छा विसं २०६४ को संविधानसभामा काङ्ग्रेसका तर्फबाट सभासद् थिए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहेका स्व गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए ।

उद्योगी एवं व्यवसायी दिवाकर गोल्छाको निधन


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार