सेतो मच्छिन्द्रनाथ जात्रा आजबाट सुरु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सद्भावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन जात्रा मनाइन्छ । जात्राको पहिलो दिन शनिबार सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकी जमलको पु¥याएर गुर्जु पल्टनसहित रथारोहण गरिएको थियो ।

रथलाई जमलबाट विभिन्न टोल हुँदै असन ल्याएर राखिएको छ । असनमा राखिएको रथको पाङग्रामा कनफत्ता जोगी समुदायले राँगा बलि दिएर पूजा गर्ने परम्परा रहेको संस्कृति अन्वेषक पदम श्रेष्ठले बताए । त्यस्तै बौद्ध समुदायअन्तर्गतको ज्यापु समुदायले नरिवल फोडेर पूजा गर्छन् ।

नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पु¥याइन्छ । चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोलमा रहेको मच्छिन्द्रनाथको आमा रुखको परिक्रमा गरेपछि रथयात्रा सम्पन्न हुन्छ ।

त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा बोकी विभिन्न टोलको परिक्रमा गराई जनबहालमा रहेको मन्दिरमा पु¥याएपछि जात्रा समापन हुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार