मौसम बदली : आज विहान र राती पानी पर्नसक्ने अनुमान



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । देशको पश्चिमी पहाड र मध्ये क्षेत्रमा वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

मौसन पूर्वानुमान महाशाखाले शनिबार राती गरेको मौसमको समीक्षा अनुसार अहिले देशका पश्चिमी पहाड तथा मध्यक्षेत्रका अधिकांश भूभागहरुमा मेगगर्जनसहित वर्षा गराउने बादल बिकसित भईरहेको अनुमान गरिएको छ ।

पछिल्ला दिनहरुमा काठमाडौं र देशभर मौसमले एकपछि अर्को खतराको संकेत गरिरहेको छ । धेरैजसो ठाउँमा मौसम बदली भएको छ । केही स्थानमा बर्षा भएको छ ।

अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलिरहेको छ। केही समयपछि केही ठाउँमा सुधार हुने समेत महाशाखाले जनाउँदै आएको भएपनि मौसमले भने सधैं झुक्क्याइरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार