कर्णालीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया । बर्दिया जिल्लाको कोठियाघाटस्थित कर्णालीको भंगालो गेरुवा नदीमा आइतबार पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बाँके कोहलपुरका १९ वर्षीय दीपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षीय प्रज्वल कार्की रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

घटनास्थल नेपालकै लामो पुलदेखि करिब ५ सय मिटर उत्तरमा रहेको छ । उनीहरूको उद्धारका लागि प्रजिअ कुरुम्बाङ सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल त्यसतर्फ गएको छ । उक्त घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २५ किमी पश्चिममा पर्दछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार