fbpx

काठमाडौंमा मेग गर्जनसहित असिनापानी, हावाहुरीको पनि सम्भावना !



नेपालबहस संवाददाता
 




काठमाडौं । सोमबार साझ काठमाडौं उपत्यकासहित देशका केही भागमा मेग गर्जनसहित असिना पानी परेको छ ।

सोमबार साझ देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको भैइरहेको छ ।

दिउँसो अत्यधिक गर्मि रहेको थियो । केहि दिन यता लगातार मौसममा बदलि भइरहको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मौसममा आएको बदिली सामान्य र स्वभाविक प्रकृया भएनि हावाहुरीको पनि सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।


सम्बन्धित समाचार