जमेको पानीमा खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

रौतहट,२५ बैशाख । रौतहटमा  खेल्ने क्रममा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

रौतहटको राजपुर नगरपालिका ६ स्थित कुरिया खोलाको पुल नजिक जमेको पानीमा खेल्ने क्रममा सोमबार शेख मैजा आलमको ७ बर्षीया छोरी अनिजा खातुन र शेख फोसैदको ६ वर्षीया छोरी सोमैया खातुनको डुबेर मृत्यु भएको छ प्रहरीले जानकारी दिएको छ।

घर नजिकै पानीमा खेल्दा डुबेर मृत्यु भएका दुबै जनाको घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State