छुरा प्रहारबाट युवकको मृत्यु,घटनामा संलग्न ७ जना प्रकाउ


Share This

नेपालबहस संवाददाता    

सप्तरी २५ बैशाख । सप्तरीको शम्भुनाथ नगरपालिकामा छुरा प्रहार बाट एक जनाको मृत्यु भएको छ भने घटनामा संलग्न ७ जना प्रकाउ परेका छन् ।

शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए।

शिक्षक कुट्नेलाई कार्वाही माग

नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कार्वाहीको माग गरेको छ । तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ । इराला हनुमानगर कंकालनी नगरपालिका–१ स्थित बिपी माविमा १५ वर्षदेखि अध्यापन गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State