स्वच्छ वातावरण महाअभियान २०७५ सञ्चालन हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । मन्त्रालयले सरकारी, गैरसरकारी, निजी एवं नागरिक स्तरको सहभागितामा नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ सञ्चालन गर्नेे भएको छ । महाअभियान सञ्चालनको लागि आवश्यक विशेष संरचनाको व्यवस्था गरी काठमाडौँ उपत्यका र अन्य भागमा समेत सञ्चालित विभिन्न सरसफाइ अभियानलाई समेत महाअभियानको हिस्सा बनाउने प्रवक्ता पौडेलले बताए ।

मन्त्रालयले हरेक स्थानीय तहमा कम्तीमा १० प्रतिशत भू–भाग हरियाली कायम गर्न सडक, नदी उकास, धार्मिक एवं पर्यटकीय स्थलमा र अन्य खाली क्षेत्रमा हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन, हरेक घरले समेत रूख बिरूवा रोप्ने व्यवस्था समेत मिलाउने कार्ययोजना अघि सारेको छ ।

फोहोर जलाउने कार्यलाई निरूत्साहित, प्लास्टिक झोला नियन्त्रण गर्न “नगर तथा गाउँको सरसफाइमा ध्यान, अनि बन्छ देश सुसंस्कृत र महान” भन्ने नारालाई मूर्तरूप दिन सहरी क्षेत्रमा एक घर एक फोहरदानी र एक घर एक बिरूवा रोपणको अभियान सञ्चालन गरिने छ ।

प्लास्टिक झोला, घरेलु फोहर, इलेक्ट्रिकल, वायोमेडिकल, निर्माण सामग्री तथा हानिकारक पदार्थ सम्बन्धी विषयको नियमनलाई प्रभावकारी तुल्याउने, फोहरमैलाबाट जैविक मल तथा जैविक ऊर्जा उत्पादन गर्न गराउन प्रोत्साहनमूलक व्यवस्था अवलम्बन गरिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State