रातो मत्स्येन्द्रनाथको भोटो जावलाखेलमा देखाइयो


Share This

नेपालबहस संवाददाता    

ललितपुर । रातो मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिने हिरामोती, मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचीन भोटो हजारौं दर्शकको सामुन्ने आइतबार जावलाखेलमा देखाइएको छ।

उक्त भोटो गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुखले सबैका सामु शिल हेरी जाँची मुचुल्कापछि तोडेर देखाइने चलन छ । समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु पुगेका थिए।

भोटो जात्रा अवलोकन गराउन ललितपुरकी जीवित देवी कुमारीलाई जावलाखेलस्थित पाटीमा ल्याएर राखिन्छ । ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोहस्थलमा ल्याइन्छ ।

भोटोका वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा रहने ऐतिहासिक लोककथन छ। भोटो जात्राको दिन बिहानैदेखि जावलाखेलमा बत्ती बाल्ने, स्तोत्र पाठ पूजा गर्ने श्रद्धालुभक्तजनहरूको भीड लागेको थियो।

तपाईको प्रतिक्रिया
Road Show Real State