कोइराला फाउन्डेसनलाई गैरआवासीयको सहयोग


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । शिक्षा, स्वास्थ्य, खेलकूद लगायत क्षेत्रमा अभियान सञ्चालन गर्नका लागि सुशील कोइराला मेमोरियल फाउन्डेसनलाई गैरआवासीय नेपाली संघले सहयोग गर्ने भएको छ ।

अमेरिका भ्रमणमा रहेका फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र संघका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।२०७२ साल माघ २५ गते कोइरालाको निधन भएपछि विसं २०७३ असोज २३ गते फाउन्डेसनको स्थापना भएको हो ।

नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको नाममा स्थापना भएको फÞाउन्डेशनका बारेमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा छलफल कार्यक्रम पनि सम्पन्न भयो ।

कार्यक्रमको आयोजना संघको मेरिल्याण्ड शाखाले गरेको हो । पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा संरक्षक रहेको उक्त फाउन्डेसनमा महामन्त्री डा शशांक कोइराला अध्यक्ष रहेका छन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष जेदु पोखरेलले स्व। कोइराला गणतान्त्रिक नेपालको संविधानका पिता हुनुभएकाले उहाँलाई राष्ट्रले नै राष्ट्रिय महत्वका प्रधानमन्त्रीको स्थान दिनुपर्ने बताए ।

फाउन्डेसनका संस्थापक सदस्य एवं पूर्वराजदूत डा दीनेश भट्टराईले संस्थाको उद्देश्य राजनीति नभई समाज सेवा भएको बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State