प्रगतिशील लेखक संघ भारतको प्रतिनिधिमण्डल नेपालमा


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले आज प्रेस काउन्सिलमा अवलोकन भ्र्रमण गरेको छ । सो अवसरमा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले खादामालाले पाहुना टोलीको स्वागत गर्दै आपसी सहकार्य र समन्वयबाट नै मैत्रीपूर्ण सम्वन्ध जीवन्त रहने धारणा व्यक्त गरेका छन् ।

राजस्थान प्रगतिशील लेखक संघका महासचिव ईशुमधु तलवारले दुई देशका लेखक, पत्रकारहरु वीच आपसी सम्वन्धलाई जोड दिने र यस क्षेत्रलाई थप उर्जाशील बनाउन सहयोग पुग्ने धारणा राख्दै न्यानो आतिथ्यताका लागि धन्यवाद व्यक्त गरे ।

मधेशीपत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले भ्रमणदलका सदस्यहरुको संयोजन गरेका छन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु सुदर्शन आचार्य, गोविन्दप्रसाद चौंलागाईँ, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार