प्रदेशसभा सदस्य डा.अन्जु कुमारीद्वारा व्हिलचेयर सहयोग


Share This


नेपालबहस संवाददाता    

वीरगंज । राष्ट्रिय जनता पार्टी (राजपा)को प्रदेशसभा सदस्य डा.अन्जु कुमारी यादवले व्हिलचेयर सहयोग गरेकी छिन् । पोखरिया नगरपालिका वडा नं- २ डमरापुर घर भएका अपाङ्ग भिखारी शाह तेलिलाई डा.यादवले एक थान व्हिलचेयर सहयोग गरेकी छिन् ।

विगत दुई वर्ष देखि असक्त जीवन विताई रहेका शाहको घर पुगेर उनको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै डा.अन्जु कुमारी यादवले एक कार्यक्रम विच व्हिलचेयर हस्तान्तरण गरेकी हुन्।

दुई वर्ष पहिला डकर्मीको काम गर्दा एक दुर्घटनामा अपाङ्ग भएका शाहलाई निरन्तर सहयोग गर्ने डा. यादवले प्रतिबद्धता व्यक्त गरेकी छन् ।डा. यादवले गरिव र असहाय जनताको सेवाका लागि आफुले राजनीति सुरु गरेको बताउदै आफ्नो प्रमुख अजेण्डा विकास, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार र गरिवी निवारण रहेको बताइन ।

पोखरियाका युवा समाजसेवीहरुको समुह हेल्प मधेस फाउन्डेसनको पहलमा शाहलाई व्हिल्चेयर हस्तान्तरण गरिएको फाउन्डेसनका संस्थापक संयोजक भगवान दास तत्वाले बताए ।

तत्वाले प्रदेशसभा सदस्य डा। यादवलाई धन्यवाद दिंदै समाजमा डा। अन्जु कुमारी यादव जस्तो परोपकारी भावनाका धनि व्यक्तिहरुको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा वाटिका ग्रुप नेपालका प्रवन्ध निर्देशक डा। अन्जु यादव, युवा नेता नीरज पाण्डेलगयातको उपस्थिथि रहेको थियो । कार्यक्रमको सहजीकरण हेल्प मधेस फाउन्डेसनका तत्वाले गरेका थिए ।

तपाईको प्रतिक्रिया