कवितामा कविको सम्बन्ध र वेदना

मेरो जन्मलाई बहिस्कार गर्ने पृथ्वीको प्रत्येक प्राणीलाई भन्न चाहन्छु तिमिले मेटाउनै नसक्ने सत्य हुन् मेरो वक्षस्थलबाट बग्दै गएका यी दूधका धारा संसार निर्माणका जग हुन् म संसार चलाउने सृष्टि हुँ।।। कवि विमला तुम्खेवाले ‘सच्याउन मेरो इतिहास’ शीर्षकमा नारीको बेदना कवितामा पोखेका छन् । नेपाल र भारतका साहित्यकारको बीचमा वाचन गरिएको कवितामा नारी हुनुको अर्थ पाप हुनु वा असत्य हुनु हैन भन्ने तर्क कवितामार्फत प्रस्तुत गरिएको छ । थप पढ्नुहोस्

मुर्दै मुर्दाको पहाड

माहाभूकम्प विपत्तिले गर्दा आज मेरो देशको छाती चर्केको छ मेरो देशलाई चिनाउँने ऐतिहासिक सम्रचना सबै ऐय्याआथा गर्दै मर्केको छ । जताततै चोटैचोट् र घावै घाउ मेरो देशको छाती र मुटुमा रोकेर रोकिन्न आँसु विपत्तिले यो देशको भन म को सङ्ग पीडा साटु म रगतमा देशको गन्ध आउने वीर सपूतहरु सबै शहीद भए छैन कोही रुने आज मेरो देश रुँदा फगत विध्वंसकारी कंश जन्म लिए । थप पढ्नुहोस्

दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

विदुर, नुवाकोट । नुवाकोटमा आगामी मङ्सिर १५ गते राष्ट्रिय कविता महोत्सव हुने भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार र तृतीय हुने दुई जनालाई जनही रु २० हजार दिइने जानकारी दिए । प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आगामी कात्तिक १५ गतेभित्र कविता पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतिष्ठानले २०७३ वैशाख ३ गते पहिलो राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो । थप पढ्नुहोस्

न बन्नु कहिल्यै प्रदर्शनका आधुनिक ऐना

कविता.... छाँटिएको बरुली कम्मर भए पुग्दो रहेछ ए गिद्धेनजर केके देख्छ देख्छ नहेरिकन कम्मर मात्रै कहाँ होर ! सातै प्रदेश भ्रमण गर्छ पापी भावको पखेटा हाली कहिले दुईप्रदेश बीचको चुरेपर्बतमा पाईला टेक्दछ त कहिले चारकोसे झाडी चाहार्छन् । कति गहिरोगरी दृष्टी पुग्न सकेको हो माइक्रोस्कोप झैँ ए मेरी बास्सै ! नयनले देख्न न सकेको कुरो उनको गिद्धेनजरको माइक्रोस्कोप रगतको ढलमा छिरीछिरी के के छाम्न भ्याउने भ्याउने धन्य हौ ए गिद्ध हो । थप पढ्नुहोस्

वीरगञ्जमा आजदेखि नेपाल–भारत साहित्य महोत्सव २०१८ सुरु

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नेपाल–भारतबीच प्रचीनकालदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा बेटीरोटीको सम्बन्धलाई साहित्यको आदानप्रदानले थप बलियो बनाउने धारणा व्यक्त गरेका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको नेपाल–भारत साहित्य महोत्सव २०१८ को उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले महोत्सवले दुवै देशबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले दुवै देश साहित्यमा समृद्ध भए पनि विश्वस्तरमा आफ्नो पहिचान स्थापित गर्न नसकेका कारण पूर्वेली साहित्यले विश्वमा आफ्नो छाप छोड्न नसकेको बताए । थप पढ्नुहोस्

यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर, आईसीयूमा राखेर उपचार

काठमाडौं । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएपछि। दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो । मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा खाना खाएर हात धुने क्रममा लड्ेका थिए । थप पढ्नुहोस्

हिमवत् खण्ड सम्मिलनको १५ बुँदे चन्द्रगिरि घोषणापत्र

काठमाडौं । हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज चन्द्रागिरिमा सम्पन्न समापनसभामा सो घोषणापत्र जारी भएको हो । थप पढ्नुहोस्

आदिकवि भानुभक्तको २ सय ५ औं जन्मजयन्ती आज, देशभर विभिन्न कार्यक्रम

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।भानु जयन्तीको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ । भानु प्रतिष्ठानका अध्यक्ष डा.व्रतराज आचार्यका अनुसार काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आमन्त्रण गरिएको छ । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् । वि।सं। १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिएका थिए । थप पढ्नुहोस्

बहुभाषिक कविगोष्ठीमा विभिन्न भाषाका १७ कविद्धारा कविता वाचन

गोदावरी ( ललितपुर ) । नेपाल प्राज्ञ– प्रतिष्ठान मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको संयुक्त आयोजनामा बुधबार आयोजित बहुभाषिक कवितागोष्ठीमा विभिन्न भाषाका १७ कविले कविता वाचन गरेका छन् । कविता वाचन गर्नेमा स्वप्निल स्मृति, केशव सिलवाल, होमराज ढुंगेल, चन्द्र राना हँछा, रीमा केसी, जानुका राई 'नेपाली', सोझो गाउँले 'खस नेपाली', देवकी तिमिल्सिना 'खस व्याँसी भाषा', उदिम किराती 'थुलुङ् राई भाषा', विष्णु नेम्वाङ 'लिम्बू', साङ्तेन वान्तवा 'वान्तवा', बीना थिङ 'तामाङ', मनिषा राई 'थुलुङ राई' लगायतको उपस्थित रहेको थियो । थप पढ्नुहोस्
1 2