संवैधानिक परिषदको बैठक तेश्रो पटक स्थगित, अर्को बैठक पुस ५ गते बस्ने

काठमाडौं । प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संबैधानिक परिषदको बैठक कुनै निर्णय नगरी स्थगित भएको छ । बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको हो । बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ । संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । थप पढ्नुहोस्

गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको छ । गणपूरक सङ्ख्याका लागि कम्तिमा २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक गरिएको हो । आज बस्ने भनिएको बैठकमा भारतीय कम्पनी जीएम आरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजनाको लाइसेन्स चिनियाँ कम्पनीलाई बिक्री गरिएका सम्बन्धमा सरकोकारवालबाट सत्यतथ्य सहितको विस्तृत जानकारी लिइने उल्लेख थियो । थप पढ्नुहोस्

जातिय छुवाछुत गरे सदस्यता खारेज हुन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि सदस्य तथा नेताहरूले जातिय छुवाछुत गरेमा उनीहरूको पार्टी सदस्यता खारेज गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेश भएको राजनीति प्रतिवेदनमा यस्तो उल्लेख गरिएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए । सदस्यहरूको सदस्यता खारेज हुने छ भने नेताहरूलाई कारबाहीसहित सदस्यता पनि खारेज गरिने उनले बताए छ । कांग्रेसका हरेक तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने र आदिवासीलगायतलाई पार्टीमा समावेशीताको हिसावले प्रतिनिधित्व गराउने पनि प्रतिवदेनमा उल्लेख गरिएको छ । थप पढ्नुहोस्

कांग्रेस महासमिति बैठक शनिबारदेखी

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आउदो शनिबारदेखी सुरु हुने भएको छ । देशभरका महासमिति सदस्यहरु अघिल्लो दिन नै काठमाडौं आइपुग्नेभएका छन् । महासमिति बैठकको उद्घाटन मंसिर २९ गते हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शनिबार दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने प्रवक्ता शर्माले जानकारी दिए । महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पास गरेको छ भने राजनीतिक प्रतिवेदन पेश हुन बाँकी छ । थप पढ्नुहोस्

कांग्रेस महासमिति बैठकको तयारीमा : गाँस र बास सहभागीले आफैं गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको यही मङ्सिर २८ देखि काठमाडौँमा सुरु हुने महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरूले साँझको गाँस र बासको आफैं व्यवस्थापन गर्नुपर्ने भएको छ । बिहानको चिया, दिउँसोको खाना र साँझ चिया भने पार्टीले व्यवस्था गर्ने जनाएको छ । महासमिति बैठकको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौंँ उपत्यकाका तीन जिल्लाका सभापतिहरूलाई दिइएको छ । भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार, बैठकमा केन्द्रीय कार्य समितिका सदस्यसहित एकहजार पाँच सय जनाको सहभागिता रहने छ । बैठकमा हरेक पाँच सदस्यमध्ये कम्तीमा एकजना महिला सदस्यको सहभागिता रहने छ । थप पढ्नुहोस्

प्रदेश २ मा मंसिर २५ र २६ गते सार्वजनिक बिदा

धनुषा । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय जनकपुर आएका छन् । जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवको चौथो दिन आज राममन्दिरको रामवागमा भगवान् रामको तिलकोत्सव सम्पन्न भएको छ । यस पटक जानकी मन्दिरबाट एक हजार एक भार कोशेली राममन्दिरमा भगवान् रामको तिलकका लागि गएका थिए । थप पढ्नुहोस्

सरकारलाई थप २३ हजार कर्मचारी आवश्यक छ !

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सङ्घीय संरचनामा थप २३ हजार कर्मचारी आवश्यक पर्ने बताएका छन । प्रदेश अन्तर परिषद् बैठकमा भएको छलफलका क्रममा आवश्यक कर्मचारी लोक सेवा आयोगबाट माग गर्दै जाने विषयमा छलफल भएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मी काठमाडौँ निर्वाचन क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तकको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले गुल्मी जिल्लालाई दुईवटा राजमार्गले जोड्न लागिएको जानकारी दिए । थप पढ्नुहोस्

संघीयता सफल पार्न कर्मचारीले असहयोग गरेका छैनन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता सफल पार्न कर्मचारीले सरकारलाई सहयोग गरेको बताएका छन् । अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयता असफल पार्न कर्मचारीले भूमिका नखेलेको बताएका छन् । ‘कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञजस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरुले जाने बुझेअनुसार सहयोग नै गरेका छन् । थप पढ्नुहोस्

संघीय समाजवादी फोरमद्धारा आइजीपी खनालको राजीनामा माग

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा  सत्तारुढ संघीय समाजवादी फोरमले माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेकी हुन् । आज संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हुँदै गइरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो । थप पढ्नुहोस्

अन्तरप्रदेश समन्वय परिषद्को बैठक सम्पन्न, गृहमन्त्रीको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । अन्तरप्रदेश समन्वय परिषद्को बैठकमा सम्पन्न भएको छ । बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशहरुका समस्या समाधानका लागि ठोस, तार्किक र सामथ्र्यसहितको सम्बोधनतर्फ जानुपर्ने बताएका छन्। त्यसका निम्ति एक हप्ताको समय दिएर ५ सदस्यीय कार्यदल गठन गर्दै बैठक सकिएको छ। छलफलका निष्कर्षलाई समेटेर कार्यदलले त्यसलाई कार्यान्वयनमा लैजानका लागि एक प्रतिवेदन बनाउने छ। गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा कार्यदल बनाइएको हो । थप पढ्नुहोस्
1 2 3 186