ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज शून्य दशमलव ७६ विन्दुले घटेको छ । कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरीद बिक्री भएका छन् । स्टककाअनुसार कारोवार भएका दश उपसमुहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । थप पढ्नुहोस्

वित्त र पूँजी बजारको समस्या समाधान छिटै हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थमन्त्रालयले गठन गरेको कार्यदलका सुझावका आधारमा सेयर बजारको समस्या समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभाको अर्थसमितिमा बोल्दै मन्त्री खतिवडाले अहिले कार्यदलले काम गरिरहेको र आउने सुझावका आधारमा पूँजी बजार र वित्त बजारका विषयमा देखिएका समस्या समाधानका लागि काम गर्ने बताए । उनले अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण समेत नभएको बताए । अहिले लगानी क्षेत्रको विस्तार भएकाले त्यसको प्रभाव शेयर बजारमा देखिएको हुन सक्ने दाबी गरे । थप पढ्नुहोस्

नेपाल स्टक एक्सचेञ्जमा आज पनि धर्ना

काठमाडौं । धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् । धर्नालाई नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाएका छन् । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उनले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताए । उनले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बका रूपमा रहेको शेयर बजारलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिए । लगानीकर्ताले आज तेस्रो दिन पनि अनशन जारी राखेका हुन् । थप पढ्नुहोस्

शेयर बजार १२ अंकले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव आठ बिन्दुले वृद्धि भई २४३ दशमलव ८१ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर रु ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरीद बिक्री भएका छन् । थप पढ्नुहोस्

अर्थमन्त्रीको राजीनामा माग गर्दै अनशन जारी

'तीन वटा माग थपिए' काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको एकोहोरो घमण्डले पूँजी बजारमा गिरावट आउने श्रृङ्खला लगातार चलेपछि सरकारविरुद्ध नै आन्दोलनको घोषणा गरेका शेयर लगानीकर्ताहरुले दोस्रो दिन पनि अनशन जारी राखेका छन् । पूँजी बजार विकास र विस्तारका लागि भन्दै हिजोदेखि अर्थमन्त्रीको राजिनामा माग्दै आन्दोलन थालेका शेयर बजारका लगानीकर्ताले आजपनि अनशन जारी राखेका हुन् । शेयर लगानीकर्ता दबाब समूहले आइतबार १० बुँदे मागसहित सुरु गरेको अनशनमा ३ वटा माग फेरि थपिएका छन् । थप पढ्नुहोस्

आइएमईको सेवा अब बैंक अफ काठमाण्डूबाट लिन पाइने

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अवदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काठमाण्डूले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथसाथै बैंक अफ काठमाण्डूका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने आइएमईले जनाएको छ । थप पढ्नुहोस्

शेयर बजार बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर एक हजार १३१ दशमलव सात बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ बिन्दुले बढेर २४१ दशमलव ०२ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५५ कम्पनीको सात लाख १४ हजार ६१८ कित्ता शेयर रु २२ करोड ३७ लाख २४ हजार ६८७ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका उपसमूहमध्ये वित्त र उत्पादन उपसमूहको शेयर घटेको छ । वित्त शून्य दशमलव २४ र उत्पादन १० दशमलव ०३ बिन्दुले घटेको हो । थप पढ्नुहोस्

अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ताले शुरु गरे रिले अनशन

काठमाडौं । सेयर लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनशन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको भन्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आजबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका छन् । तत्काल विशेष कार्यक्रम ल्याइ सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिए । थप पढ्नुहोस्

आजबाट पूर्ण स्वचालित अनलाइन प्रणाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आजबाट पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ । गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा आएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । प्रणाली सञ्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो । बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग गुनासो गरेका थिए । सबै पक्षको गुनासो सम्बोधन हुने गरी आवश्यक तयारी गरिएको स्टकले जनाएको छ । थप पढ्नुहोस्

आर्थिक अवस्था तन्नम भएका कम्पनी पूँजीबजारमा : नौ करोडको आईपीओ, हकप्रदको भारी !

काठमाडौं । आर्थिक एवं भौतिक रुपमा कमजोर (तन्नम) भएका कम्पनीहरु नेपाली पूँजीबजारमा आएका छन् । कतिपय कम्पनी र संस्थाहरु खराब रहेको घोषणा हुँदाहुँदै पनि पूँजीबजारमा छिर्ने तयारीमा छन् । आईपीओ जारीगर्ने तयारी गर्दै अन्तिम स्वीकृतिका लागि धेरै कम्पनीहरु नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन् । त्यस्तै मध्यको एक हो, साधारण शेयर बिक्रीको तयारीमा रहेको सयपत्री हाइड्रोपावर लिमिटेड । जसको वित्तीय अवस्था अत्यन्तै कमजोर रहेको देखिँदा–देखिँदै पनि साधारण शेयर ल्याउने तरारी गरिरहेको छ । थप पढ्नुहोस्
1 2 3 27