fbpx

प्राविधिक शिक्षा : स्वरोजगार बन्दै विद्यार्थी


Share This

नेपालबहस संवाददाता    

ललितपुर । विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् ।लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर आयआर्जन गर्न थालेको सहायक प्रधानाध्यापक रवीन्द्र थापाले बताए ।

विद्यालयले चार वर्ष पहिलेदेखि कक्षा ९ बाट प्राविधिक विषयअन्तर्गत यो विषयको पढाइ शुरु गरेको थियो । अहिले कक्षा १२ सकेको पहिलो ब्याच विद्यालय सकाएको सहायक प्रधानाध्यापक थापा बताउछन् । कतिपय विद्यार्थी स्नातक अध्ययनका लागि विभिन्न कलेजमा नाम निकालेका छन् । नाम ननिकालेका र विज्ञानलगायतका अरु संकायमा अध्ययन शुरु गरेका विद्यार्थीले भने काम थालेका छन् ।

पढाइमा अब्बल र मध्यम दुवैखालका विद्यार्थीका लागि यो विषय उपयोगी भएको विद्यालयको अनुभव छ । पढाइमा राम्रा विद्यार्थी इञ्जिनियरिङमा नै विभिन्न कलेजमा स्नातक अध्ययन गर्न थाल्छन् । मध्यमखालको पढाइ भएका विद्यार्थी विद्युत् जडान लगायतका काममा लागेका छन् ।

धेरै अभिभावकले प्राविधिक विषय पढाउन चाहने विद्यालयको अनुभव छ । कतिपयले निजी विद्यालयमा कक्षा ८ सम्म पढेका विद्यार्थीलाई समेत प्राविधिक विषय पढाउन यहाँ ल्याउन थालेका छन् ।

तपाईको प्रतिक्रिया