फाल्गुणानन्द विमानस्थलमा तारा एयरलाइन्सको सफल परिक्षण


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । इलामको फाल्गुनानन्द विमानस्थलमा तारा एयरलाइन्सले विमानको परीक्षण उडान सफलतापूर्वक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले ट्वीट गर्दै परीक्षण उडान सफल भएको सार्वजनिक गरेका छन् ।

इलाममा नयाँ विमानस्थल निर्माण सम्पन्न भएपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो । तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री हुँदा विमानस्थलको सिलान्यास गरेका थिए । खनालकै निर्देशनमा नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State