टेलिकमको सबै सेवा मोबाइल एपबाटै


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ।

एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ। टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन्। यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ।

यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ। एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ।

तपाईको प्रतिक्रिया
Road Show Real State