साउन १ गतेबाट टेलिफोन र इन्टरनेट सेवा महंगिने


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ ।

निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ ।

नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले बताए । उनकाअनुसार बढेको शुल्कअनुसार नै सेवाहरुमा शुलक वृद्धि गरिनेछ ।

इन्टरनेट सेवामा प्रदायक आईएसपी’ हरुले पनि साउन १ गतेबाट इन्टरनेट सेवाका शुल्कमा वृद्धि गर्ने तयारी गरेका छन् । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया