fbpx

आगामी नोभेम्बरसम्ममा फिन्नी स्मार्टफोन बजारमा आउने अनुमान


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । स्वीस कम्पनी सिरिन ल्याब्सले ड्युअल स्क्रिनयुक्त ब्लकचेन स्मार्टफोनलाई बजारमा उतार्ने भएको छ । उक्त स्मार्टफोनको नाम फिन्नी राखिएको छ ।

फक्सकनको सहयोगमा उत्पादन गरिने उक्त स्मार्टफोन आगामी नोभेम्बरसम्ममा बजारमा आउने अनुमान गरिएको छ । फिन्नीमा सिरिनमा आधारित एन्ड्रोइड ओरियो प्रयोग गरिनेछ र यसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ९ सय ९९ डलर हुने बताइएको छ ।

ब्लकचेन प्रविधि अहिले चर्चित बन्दै गएको छ । प्रविधिको माध्यमबाट कारोबार गर्न उक्त प्रविधि निकै सुरक्षित हुने दाबी गरिन्छ । मोबाइल प्रविधिलाई थप सुरक्षित बनाउन स्मार्टफोन निर्माता कम्पनीहरू ब्लकचेन प्रविधिको प्रयोगमा लागेका छन् ।

यसभन्दा पहिले नै एचटीसीले ब्लकचेनमा आधारित स्मार्टफोन ल्याउने घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया