fbpx

इन्टरनेट सेवाको १३ प्रतिशत मूल्य वृद्धि फिर्ता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आर्थिक बर्षको पहिलो महिना साउन १ गतेदेखि इन्टरनेट सेवामा १३ प्रतिशत मूल्य वृद्धि गर्ने निर्णय सरकारले फिर्ता लिएको छ

बिहीबार विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित मूल्य समायोजन सिफारिस समितिले तत्काल उपभोक्ताले तिर्ने इन्टरनेटको मूल्य वृद्धि नगर्ने निर्णय गरेको हो।

सरकार तथा इन्टरनेट सेवा प्रदायकको योगदान समेतका आधारमा इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी मूल्य समायोजन गर्ने तथा तत्काल सर्वसाधारण उपभोक्ताले तिर्ने इन्टरनेट सेवाको मूल्य कुनै वृद्धि नगर्ने निर्णय गरेको ब्यहोरा सबैको जानकारीका लागि विज्ञप्ति जारी गरिएको छ’, बिहीबार सार्वजनिक विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले सहसचिव वीरेन्द्रकमार मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो। समिति सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल र आईएसपीएनका प्रतिनिधि विनय बोहरा थिए।

तपाईको प्रतिक्रिया