fbpx

एकै पटक २ हजार १८ ड्रोन इन्टेलले उडायो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । कम्प्युटर प्रोसेसर निर्माता इन्टेलले आफ्नो ५०औं जन्मोत्सवको अवसरमा पारेर एकै पटक २ हजार १८ ड्रोन हावामा उडाएर नयाँ कीर्तिमान कायम गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा गरिएको उक्त प्रदर्शनमा सुटिङ स्टार ड्रोनको प्रयोग गरिएको थियो, जसको तल्लो भागमा एलईडी लाइट राखिएको थियो ।

मानिसहरूले उक्त दृश्यलाई विशाल आतिशबाजी जस्तो मानेका थिए, तर रिमोट कन्ट्रोलको सहयोगले उडेको इन्टेलको ड्रोन भन्ने थाहा पाए पछि सबै अचम्मित भएका थिए ।

यी सबै ड्रोनमा प्लास्टिक तथा फोम प्रयोग गरिएको छ । प्रत्येक ड्रोनको वजन केवल २ सय ८३ ग्राम छ । त्यसभन्दा पहिले इन्टेलले नै सन् २०१६ मा सुटिङ स्टार ड्रोनको सहयोगले एक सय ड्रोन उडाएर गिनिज बुकमा नाम लेखाएको थियो ।

त्यसपछि इन्टेलले नै फेरि १ हजार २ सय १८ वटा ड्रोन एकसाथ उडाएको थियो । इन्टेलले अहिले आफ्नै पुरानो कीर्तिमान तोडेको हो ।

तपाईको प्रतिक्रिया