नेपालको आईटी क्षेत्रमा थप आयाम


Share This

नेपालबहस संवाददाता    

१५ साउन, काठमाडौं । कम्प्युटर र इन्टरनेटको प्रयोग अत्याधिक रुपमा बढदै गइरहेको बेला IT Federation Nepal (ITFN) ले यसलाई ध्यान दिदै ह्याकिङ र सेक्युरिटी बारे प्रशिक्षण कार्यक्रम संचालन गर्न थालेको छ ।

ITFN ले ‘Be aware, Be secure’ अभियानका रुपमा काठमाडौंका कलेजहरुबाट शुरु गरी उपत्यका बाहिर बिरगंज, जनकपुर, धनगढी लगायतका ठाँउहरुमा निःशुल्क रुपमा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ, भन्ने छिटै नै पोखरा, बिराटनगरमा गर्ने कार्यक्रम रहेको बताएको छ । यस कार्यक्रममा हजारौको संख्यामा विधार्थीहरु संगै प्रशिक्षकले पनि लाभाविन्त हुने भएका छन् । यो कार्यक्रममा युवाहरु धेरै उत्साहित र जिज्ञासु रहेको आइ.टी.एफ.एन. का अध्यक्ष राजु कुशवाहाले बताए ।

कार्यक्रमकै क्रममा ITFN संस्थाका अध्यक्ष कुशवाहाले कम्प्युटर र इन्टरनेटको प्रयोग बढदै जाँदा सेक्युरिटी सम्बन्धी जानकारी हुन अति आवश्यक रहेकोे बताए । कम्प्युटर र इन्टरनेट प्रयोगकर्ताहरु आफनो डाटा र सुचनाहरु कसरी सुरक्षित राख्नेमा यो कार्यक्रम केन्द्रित रहेको बताउछन् । यस कार्यक्रममा प्रयोगात्मक रुपमा केन्द्रिय कार्यालय सिनामंगल लगायत विभिन्न ठाउँमा ICT सम्बन्धी निःशुल्क प्रशिक्षण कार्यक्रम गर्दै आएको कुशवाहाले जानकारी गराए ।

बिगत ४ वर्ष देखि Information Technology (IT) क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुको छाता संगठन आई .टी. महासंघ नेपालले] IT क्षेत्रमा नयाँ आयाम थप्ने गरि विभिन्न College हरुमा “Hacking & Security” सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार