सामसङको पहिलो एन्ड्रोइड गो स्मार्टः ग्यालेक्सी जेटु कोर सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आज आफ्नो पहिलो एन्ड्रोइड गो स्मार्टः ग्यालेक्सी जेटु कोर सार्वजनिक गरेको छ । यसमा स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषता रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

“हामी हाम्रा सबै डिभाइसहरुमा एकदमै नविनतम र उत्कृष्ट प्रविधि ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिवद्ध छौं जसले गर्दा हाम्रा सबै खालका फोनले हाम्रा ग्राहकको आवश्यकता पूर्ण गरोस्,” आईम विजका प्रणयरत्न स्थापितले भने, “ ग्यालेक्सी जेटु कोरले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने छ जसमा एकदमै परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको छ ।”

यसमा दुईवटा क्यामराहरु रहेका छन् । पहिलो ८ मेगापिक्सल क्यामरा हो जसको ठ्याक्कै पछाडि फ्ल्यास रहेको छ । अर्काे चाहि अग्र भागमा नै ५ मेगापिक्सल क्यामेरा रहेको छ ।

तपाईको प्रतिक्रिया