fbpx

दराजले ल्यायो नेपालमा पहिलो पटक ठूलो सेल डे


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपालको न. १ अनलाइन मार्केट, दराजले नेपालमा पहिलो पटक ११.११ संसारको सवैभन्दा ठूलो सेल डे लिएर आउने भएको छ ।

नयाँ दराज एपको शुरुवात पछिको यस पहिलो विशाल अनलाइन मेलामा ग्राहकहरुले व्यक्तिगत तथा नवउत्कृष्ट क्रियाकलापहरुको अपेक्षा गर्न सक्ने छन् ।

११.११ के हो ?

११.११ को शुरुवात सन् २००९ मा भएको थियो जब दराजको अभिभावक कम्पनी, अली बाबाले यसलाई ब्ल्याक फ्राइडेको एशियालीे स्वरुपमा अवस्थित गरायो । दश वर्षको द्रुत गती पछि ११.११ सेल नेपालको यात्रा गर्न तयार छ ।

ब्ल्याक फ्राइडे भन्दा चार गुणा ठूलो रहेको यस एक दिने उत्सवको बिक्री आँकडा अतुलनिय छ । ग्राहकहरुले ठूलो छुट अफर, फ्ल्यास सेल्स, हजारौ ब्राण्ड भौचरहरु, मिस्ट्री बक्स् र अन्य उपहारहरुका साथै पुर्ण व्यक्तिगत शपिङ्ग अनुभव गर्न सक्नेछन् । नयाँ दराज एपमा हुने यस एक दिने सेल उत्सव ई(कमर्श कम्पनी मध्ये अहिले सम्मको सबैभन्दा ठूलो सेल हुनेछ ।

११.११ कहिले छ ?

११.११ नोवेम्वर ११ को अंकिए छोटकरी हो । नोवेम्वर ११, २०१८ तदनुसार २०७५, कार्तिक २५ गतेका दिन नेपालले यस सेललाई खुला हात र किनमेल कार्ट सहित स्वागत गर्नेछ ।

दराज नेपालका प्रबन्घ निर्देशक राजिब अमात्यले यो सेल बारे आफ्नो विचार राख्दै भने “११.११ नेपालको ई-कमर्श कम्पनीको क्रमभंगतालाई संतुलित गर्ने क्रममा छ । एकपटक दराज एपमा तपाँईले सामानहरुको अनुभव गरेपछि मात्र तपाइले भिन्नता देख्नसक्नुहुनेछ ।

११.११ पहिलाको दराज र ११.११ पछिको दराज । यसले बदलिदो उदाहरणको चिनो दिनेछ । ११.११ उत्कृष्ट प्रस्ताव र छुटहरु मात्र भन्दा वढि हो यसले हाम्रो पुरा डिजिटल परिस्थितीलाइ सक्रिय बनाउने छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार