fbpx

वरिष्ठ पत्रकार कुसुम भन्नुहुन्छ, ‘भविश्यको पुर्वाभास खै’ ?



नेपालबहस संवाददाता
 




काठमाडौं । पछिल्लो समय मानिसहरुलाई मनभित्रका भावना, रमाइला पल अनि दुख सुख साट्ने माध्यम बनेको छ, सामाजिक सञ्जाल फेसबुक !!!!!

फेसबुकमा कतिपयले रमाइला कुरा लेखेर पोष्ट गर्छन् । कतिपयले आफुले गरेका दैनिक गतिविधी भित्रका कुरा पोष्ट गर्छन् । सहज अर्थमा भन्ने हो भन्ने सामाजिक सञ्जाल नै सुचना छिटो र छरितो माध्यमका रुपमा धेरै जसोले प्रयोग गरेका छन् ।

अहिले नेपालका अधिकांश मानिसहरु कुनै कुनै तवरले समय निकालेर दिनमा एक फेर सामाजिक सञ्जालमा जोडिएका हुन्छन् । यो  त भयो फेसबुकको कुरा, यतिबेला नेपालबहसको डेसमा यो कुरा लेखिरहदा वरिष्ठ पत्रकार कुसुम कुसुमले आफ्नो सामाजिक सञ्जालमा  आफ्ना विचारहरु बारम्बार पोष्ट गर्नुभएको छ । वरिष्ठ पत्रकार कुसुमले ‘भविश्यको पुर्वाभास खै’ शिर्षक लेखेको विचार हामी जस्ताको तेस्तै यहाँ राखेका छौ ।

उहाँले यसरी अघि लेख्नु हुन्छ,,,,

संसार परिवर्तनशील छ । भविश्यमा हुनसक्ने परिवर्तनको पुर्वाभास गर्न सकिएन भने मानिस सफल नहुँदोरहेछ । हामी निम्न मध्यमबर्गीय मानिसहरुको एउटा बिडम्बना हामी बर्तमानलाई चुम्न सक्दैनौं । उदाहरणका लागि बर्तमान आइफोनको हो, तर आइफोन किन्ने पैसा हुँदैन । जुन दिन आइफोन किन्नसक्ने हैसियत बन्नेछ, त्यो भूत भइसक्नेछ । किनकी, बर्तमानमा चाहिँ आइफोनभन्दा उन्नत अर्को कुनै प्रविधि आइसक्नेछ, जसमा पहुँच हुनेछैन ।

एउटा रमाइलो प्रसँग छ । एकताका पेजरको जमाना थियो । मानिसहरु कम्मरमा पेजर बाँधेर हिँडथे । पेजरको फेसन चलुन्जेल ममा पेजर किन्ने हैसियत भएन, एकदिन कसो कसो पेजर किनेर कम्मरमा के बाँधेको थिएँ, मोबाइल फोनको जमाना आइहाल्यो, पेजर कम्पनी बन्द भए ।

सानोमा लागेको थियो, सँधैभरी कलमले कापीमै लेख्नुपर्नेछ । यही कारण अक्षर राम्रो बनाउन भन्दै सयौं कापी खेर फालीयो । एसएलसी दिएर काठमाडौं आउन पाएको छैन, कम्प्युटरको जमाना आयो । पच्चिस वर्ष भयो, किबोर्डमा औंला खेलाउन थालेको । सादा कापीमा दुई चार पृष्ठ नलेखेको पनि जुगौं बितेछ । मेरा राम्रा अक्षरको अब के काम ? प्रेमपत्र लेख्ने जमाना पनि गइहाल्यो ।

अतः आज हामीले जेलाई मानक मानेर सोचीरहेको छौं र जेलाई अकाटय मानेर पछयाइरहेका छौं, त्यो भोली रहनेछैन । अबको दश वर्षपछि यो सँसार आज हामीले देखेको, भोगेको र सोचेको जस्तो पक्कै हुनेछैन । तर, के हाम्रो देशका शासकहरुसँग अबको दश वर्षपछिको विश्वको परिवर्तनको पुर्वाभास छ त ? छैन, किनकी, ओली या प्रचण्डलाई बर्तमानकै राम्रो हेक्का छैन, भविश्यको के हून्थ्यो ? जनताका गास, बास र कपासको समस्या थाती राखेर कमरेडहरु राजा महेन्द्रले शिलान्यास गरेर बनाइसकेको बाटो फेरी शिलान्यास गर्दैछन् ।


सम्बन्धित समाचार