नयाँ बर्ष २०७६ सालको खुशी साट्दै गर्दा सामाजिक संजाल ‘फेसबुक’ बन्द !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आइतबार अपरान्हबाट सामाजिक संजाल फेसबुकमा समस्या आएको छ । सामाजिक सञ्जाल फेसबुकका साथै इन्स्टाग्राम र ह्वाट्स एप प्रयोगकर्ताले पनि यो समस्या भोगेका छन् । नेपालसहित विश्वभरका प्रयोगकर्ताले यि ३ सामाजिक सञ्जालबाट समस्या भोग्नुपरेको छ ।

फेसबुक अन्तर्गतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार दिउँसोदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । नेपाली प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर समस्याबारे जिज्ञासा राखिरहेका छन् ।

यी सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भइसकेको बेलायती पत्रिका मिररले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

facebook-down

हाल फेसबुकको वेवसाइट खोल्ने वित्तिकै एरर म्यासेज आउँछ । किन यी सामाजिक सञ्जालमा समस्या आयो भन्ने बारे अहिलेसम्म खुलेको छैन । फेसबुकले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

नेपालमा साथीभाइ तथा नातागोताका सबै मानिसले नयाँवर्षको खुशी फेसबुक मार्फत साटिरहेका थिए । तर, अचानक यस सामाजिक संजालमा समस्या आएपछि के-कती कारणले बन्द भयो भनेर घर-घर र टोल-टोलमा विभिन्न तर्क र अनुमान भइरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार