fbpx

नेपाल-बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिकमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं ।  ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल– बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक महिनाको अन्तिम साता बस्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । गत साउन २५ गते नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत् ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही समझदारीमा उक्त संयन्त्र गठन हुने प्रस्ताव गरिएको थियो ।

सोही समझदारीपत्रका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सचिवको नेतृत्वमा संयुक्त सञ्चालन समिति र सहसचिवको नेतृत्वमा संयुक्त कार्य समूह गठन गरिएको छ ।

सो समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा मन्त्रालयकै ऊर्जा महाशाखाका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र मन्त्रालयकै विकास सहायता तथा प्रादेशिक समन्वय शाखाका सिनियर डिभिजनल इञ्जिनीयर सदस्य रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार