बझाङमा जीप दुर्घटना, २ को मृत्यु, १२ जना घाइते


Share This

नेपालबहस संवाददाता    

डडेल्धुरा । बझाङको बागथलाबाट बिजगडा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बुङ्गल नगरपालिकामा से १ ज ७२६ नम्बरको जीप आज बिहान साढे ६ बजे ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान गएको जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको डीएसपी धितालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार