कांग्रेस नेता पौडेलको दशैंमा लामो तीर्थयात्रा


Share This

नेपालबहस संवाददाता    

तीर्थयात्रामा कार तथा हेलिकोप्टरको प्रयोग

काठमाडौं । यस पालीको दशैंमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लामो तीर्थयात्रामा निस्किएका छन् । जिन्दगीमा पहिलोपटक उनी यहि असोज २३ गते कागबेनी ‘मुस्ताङ’ बाट शुरु भएको पौडेलको तीर्थयात्रा कात्तिक १० गते ऋषिकेश पुगेपछि समापन हुनेछ ।

स्रोतका अनुसार पौडेल असोज ३१ गते गया पुग्नेछन् र त्यहाँ दुई दिन बिताएपछि कात्तिक ३ गतेदेखि १० गतेसम्म उनी हरिद्वार, केदारनाथ, बद्रीनाथ र ऋषिकेश पुग्ने कार्यक्रम रहेको छ ।

तीर्थयात्राका क्रममा पौडेलबाट कार तथा हेलिकोप्टरको प्रयोग हुनेछ । काठमाडौंबाट दिल्ली हुँदै गया र गयाबाट दिल्ली फर्कने, त्यसपछि दिल्लीबाट बद्रीनाथतर्फ जाने कार्यक्रम रहेको बुझिएको छ ।

पौडेलका साथ धर्मपत्नी सविता पौडेल र सुपुत्र एवम्का कांग्रेसका युवा नेता चिन्तन पौडेल तीर्थाटनमा सामेल भएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार