अबैध मदिरा नष्ट अभियानमा प्रहरी सक्रिय


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पर्सा प्रहरीले चाडपर्वमा अपराधिक घटना हुन नदिन अबैध रुपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरणलाई नियन्त्रण गर्न अभियान थालेको छ ।

अभियानकै क्रममा प्रहरीले २ हजार लिटर रक्सी पार्न तयार पारिएको कच्चा पद्धार्थ र ३ सय मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

अभियान टोलीले ठोरी गा.पा. वडा नं.१, दिपनगर, भगवाननगर, गौतमनगर स्थित अबैध रुपमा संचालनमा रहेका भट्टी, मदिरा र भाडाकुडा समेत बरामद गरी नष्ट गरेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार