इजरायली चलचित्र महोत्सव काठमाडौँमा शुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । झण्डै छ दशक लामो इजरायल र नेपालबीचको कूटनीतिक दौत्य सम्बन्धलाई सांस्कृतिक आदानप्रदानका माध्यमबाट अझ सुदृढ तुल्याउने उद्देश्यले आयोजित १२औँ इजरायली चलचित्र महोत्सव आजदेखि शुरु भएको छ ।

त्रिदिवसीय महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको विकास प्रयासमा आर्थिक एवं प्राविधिक सहायता उपलब्ध गराएकामा आभार व्यक्त गर्दै आर्थिक, सामाजिक र प्रविधि एवं कृषि क्षेत्रमा इजरायलले हासिल गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने बताए ।

उनले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन इजरायलमा प्रचार हुनेमा आफू विश्वस्त रहेको बताए । सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला हिमाललगायत आठ हिमशिखर, नदीनाला, वनजङ्गल, वन्यजन्तु, जैविक विविधता, सांस्कृतिक अनेकता र विविध चाडपर्वले चलचित्र छायाङ्कनका लागि अवसर दिएको बताउँदै उहाँले इजरायली चलचित्र निर्मातालाई नेपालमा छायाङ्कनका लागि आग्रह गरेका छन ।

नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले सन् १९६० मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयता इजरायलले सांस्कृतिक प्रवद्र्धनका विविध कार्यक्रम सञ्चालन गर्दै आएको इजरायली चलचित्र महोत्सव त्यसैको एउटा शृङ्खला भएको बताए ।

ग्लोबल एकाडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन गेटका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले आफ्नो कलेजको प्रेक्षालयमा चलचित्र महोत्सवको शुभारम्भ भएकामा इजरायली दूतावासप्रति आभार व्यक्त गर्दै स्तरीय होटल व्यवस्थापन शिक्षा आफ्नो संस्थाको मूल मन्त्र भएको बताए ।

आइतबारसम्म ठमेलमा प्रदर्शन हुने चलचित्र महोत्सवमा चलचित्र हेर्न चाहनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार