प्रभु बैंकमा जागिर खुल्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न तहका लागि कर्मचारी आवश्यकताको सूचना निकालेको छ । बैंकले एकैपटक १०० जनाभन्दा बढी कर्मचारी माग गरेको छ । गत बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्राञ्च म्यानेजरसहित विभिन्न तहमा १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो ।

बैंकले प्रदेश २ बाहेक ६ वटा प्रदेशका लागि कर्मचारी माग गरेको हो । प्रदेश नं. १ मा ताप्लेजुङको फुङिलन, झापाको चन्द्रगढी, संखुवासभको खाँदबारी, उदयपुरको गाइघाट, मोरङको उर्लाबारी र तिनपैनी शखाका लागि शाखा प्रबन्धकसहित अन्य कर्मचारी माग गरेको हो ।

हेर्नुहोस् पुरा सूचना:- https://prabhubank.com/career/https://www.prabhubank.com 

नाफा बढाउँदै प्रभु

प्रभु बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफा ७१.५७ प्रतिशतले बढाएको छ । बैंकले सार्वजनिक गरेको रिर्पोटमा २४ करोड ९६ लाख ३९ हजार रुपैयाँ नाफा भएको देखिएको छ । बैंकले आज प्रकाशन गरेको नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदनमा ६४ करोड ३१ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ ।

गत बर्ष यस्तो रकम २५ करोड ७ लाख रहेको थियो । बैंकले गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा १५६.५० प्रतिशतले वितरण योग्य नाफा बढाएको हो ।

त्यस्तै, प्रभुले प्रथम त्रैमासमा गत बर्ष ८२ अर्ब ८५ करोड २२ लाख रहेको निक्षेप संकलनलाई बढाएर एक खर्ब ३ अर्ब २ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानीतर्फ ६६ अर्ब ७४ करोड ७३ लाखबाट ८६ अर्ब एक करोड ८० लाख रुपैयाँ गरेको छ ।

वाणिज्य बैंकहरुमध्ये दोस्रो वित्तीय विवरण सार्वजनिक गरेको बैंकले १ अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले ७६ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अरु धेरै वाणिज्य बैंकमा अहिले ९ प्रतिशत हराहारी निक्षेप लागत रहेको छ तर प्रभू बैंकमा भने ६ प्रतिशत भन्दा माथि नरहेको देखिन्छ ।

खराब कर्जा २.५१ प्रतिशतमा झरेको छ । खराब कर्जाले नै थलिएको ग्राण्ड बैंक, किष्ट बैंक लगायत अन्य साना संस्था गाभेको यस बैंकले समिक्षा अवधिमा खराब कर्जा असुलीबाट पनि आफ्नो नाफा बढाएर आफूलार्इ सबल बनाउदै ल्याएको बैंका सिईओ अशोक शेरचनले जानकारी दिए । उनले आफ्नो बैंकको खराब कर्जा ४.२३ बाट झण्डै आधा घटाएर २.५१ प्रतिशतमा ल्याएको पनि बताए ।

ब्याजदर पनि ९.४९ प्रतिशत र कोषको लागत ६.१८ प्रतिशत मात्र रहनुले बैंक न्यून लागतमा निक्षेप संकलन गरेर ऋणीहरूमा अन्य बैंकको तुलनामा केही सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने योजनामा अघि बढेको देखिन्छ ।

कर्मचारी माग गर्दै जारी गरेको सूचना

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार