सिद्धार्थ बैंकको नाफा १३८% ले बढ्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सिद्धार्थ बैंकले १३८.३३ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा ३१ करोड १५ लाख रुपैयाँ नाफा गरेको हो। एनएफआरएस अनुसार भने बैंकको नाफा ५२ करोड ५० लाख रुपैयाँ छ।

बैंकको खुद व्याज आम्दानी ६७ प्रतिशतले बढेर एक अर्ब २४ करोड रुपैयाँ पुगेको छ। निक्षेपभन्दा ऋण लगानीमा एग्रेसिभ बैंकको निक्षेप एक खर्ब छ भने ऋण लगानी ९० अर्ब ६७ करोड रुपैयाँ छ। बैंकको निक्षेप २८ प्रतिशतले बढ्दा ऋण लगानी भने ३० प्रतिशतले बढेको छ।

बैंकको पूँजी कोष अनुपात १२.०६ प्रतिशत छ भने खराव कर्जा १.४ प्रतिशत छ। आधार व्याज दर ०.३४ प्रतिशत बिन्दुले बढेर १०.६२ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी २४ रुपैयाँ छ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार