एनआईसी एशियाको नयाँ अफर : सामान खरिदमा ५०० सम्म छुट


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दिपावलीको अबसरमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । बैंकले शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गर्दा हुने भुक्तानीमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा टच कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ ।

बैंकले मुलुकभर २६५ वटा शाखाकार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बेहोरा एन आई सी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार