मुक्तिनाथ बैंकको नाफामा ४८ प्रतिशतको वृद्धि


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको ३ महिनामा २० करोड ३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्ष भन्दा ४७.९३ प्रतिशतले धेरै भएको बैंक स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार गत वर्ष मुक्तिनाथले १३ करोड ५४ लाख ४७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस त्रैमास सम्ममा खुद ब्याज आम्दानी पनि ६५.०५ प्रतिशतले बढोत्तरी गरेर ४२ करोड ५७ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्ष २५ करोड ७९ लाख ६१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १९ करोड ८४ लाखबाट बढाउँदै ३१ करोड १७ लाख ५२ हजार रुपैयाँ पुर्याइएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएपछि खुद नाफा पनि सकारात्मक प्रभाव परेको देखिन्छ ।

३३ अर्ब २५ करोड ६९ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८५ करोड २ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बैंक सफल भएको बैंकका डेपुटी सिईओ तारा मानन्धरले नेपाल बहसलाई जानकारी दिए । गत वर्ष मुक्तिनाथले १९ अर्ब ५४ करोड २६ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १६ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चुक्ता पुँजी २ अर्ब ५९ करोड १७ लाख ६३ हजार रुपैयाँ रहेको मुक्तिनाथको रिजर्भ कोषमा १ अर्ब १४ करोड ८२ लाख ९१ हजार रुपैयाँ छ । मुक्तिनाथले गत वर्षको कमाईबाट १८.२५५ बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.९६५ नगद लाभांश दिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण हुनेछ ।

बोनस वितरण गरेपछि चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ । मुक्तिनाथले खराब कर्जा पनि ०.३ प्रतिशतबाट घटाएर ०.२ प्रतिशतमा झारेको छ । बैंकको कस्ट अफ फन्ड ८.३३ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७८.४३ प्रतिशत छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १४ रुपैयाँ ३१ पैसा रहेको रिपोर्ट सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार